Advertisement
SKIP THIS
ब्याक्तिगत स्वार्थको लागि हैन,समाजको लागि राजनीतिमा होमिएको हु,उम्मेदवार खड्का

अछाम : निर्वाचन क्षेत्र नम्बर १ अन्तगत प्रदेश सभा ‘क’ को गठबन्धनको घरदैलो कार्यक्रम साँफेबगर नगरपालिका १० घुघुरकोटमा सम्पन्न भएको छ ।
घरदैलो कार्यक्रममा गठबन्धनका प्रदेस सभा ‘क’ का उमेदवार नेपाली काग्रेस सुदुरपस्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले आफुले सधै अछामको र यहाँका नागरिकको हितका निम्ति काम गर्दै आईरहेकोले अब प्रदेशमा जिताएर जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने अबसर दिन आग्रह गरे ।

उनले ब्यक्तिगत लाभ भन्दापनि सामाजिक लाभका लागी काम गर्दै आईरहेको उल्लेख गर्दे परिबर्तनका लागी गठबन्धनलाई जिताउन आग्रह गरे । नेता खड्काले सधै राजनितिलाई समाज सेवाको रुपमा मात्र आफुले हेरेको भन्दै जहिले जुन सुकै अवस्थामा पनि जनतामा समर्पित हुने बताए ।

तपाईको प्रतिक्रिया