Advertisement
SKIP THIS
अछाम जिल्लामा सेवन गरि सकिएका मदिराका बोत्तल ब्यावस्थापनमा चुनौती

तारामान खड्का अछाम:अछाम जिल्लामा सेवन गरि सकिएका मदिराका बोत्तल ब्यावस्थापनमा चुनौती थपिदै गएको छ । शहर बजारमा मदिराका बोत्तल पुन प्रयोग हुने भएपनी दुर्गम पहाडी जिल्ला भएकाले अछामबाट बोत्तल लियर उत्पादक कम्पनी सम्म नपुग्दा मदिरा बोत्तल जहातहि अब्यवस्थीत रुपमा फालिदा नागरिकले सास्ती भोग्नु परेको छ ।

बर्षौ देखि थुपारिएका मदिराका बोत्तल सिसि ब्यावस्थापन नहुदाँ ब्यापारिहरुले बर्षाको समयमा नदि तथा खोलामा फाल्ने गरेका छन । यसरी नदि तथा खोलामा फालेका मदिराका बोत्तल सिधै किसानका खेत बारीका समेत पुग्ने गरेका छन ।

मदिराका बोत्तलहरुले अछामको साफेबगरमा रहेको आर्यघाटमा समेत मलामीलाई समस्या पारेको छ । साफेबगरका ब्यापारिहरुले जहातहि मदिराका बोत्तल फालेर फुट्दा आर्यघाटमा अन्तीम संस्कार गर्न आएका मलामीलाई समेत सास्ती बान्नीगढीका जयगढ गाउँपालीका १ गाज्राका बल बहादुर खड्काले बताए ।

मदिराका बोत्तल बजार क्षेत्रमा मात्रै हैन दुर दरजका गाउँ घरमा समेत पुगेका छन । अछामका गाउँघर तिर मदिराका बोत्तले भरिएका देखिन्छन ।बजार क्षेत्रमा मदिराका बोत्तल ब्यावस्थापन गर्न केहि प्रयास गरेपनि गाउँ घर तिर भने कुनै पहलै छैन । जहा तहि, लसरम्म फ्याक्दा समयमै ब्यावस्थापन नहुदाँ किसानले भने सास्ती खेप्नु परेको मेल्लेख गाउँपालीका ८ हात्तीकोटका सुरत सुनारले बताए ।

सेवन गरिसेका मदिरामा बोत्तल ब्यावस्थापन नहुदाँ बातावरणमा समेत प्रतिकुल असर पर्ने गरेकोले ब्यवस्थापनमा ध्यान दिन जरुरी रहेको छ ।ब्यापारी हरुमा नैतीक शिक्षा नभएकै कारण उनिहरुले जताततै फालिदिने ब्यापारिकै सस्था अछाम उद्योग बाणीज्य संधका अध्यक्ष महेन्द्र कडायतले बताए ।

पुन प्रयोग गर्न सकिने भए पनि उत्पादक कम्पनिले समेत अछाममा प्रयोग गरिएका मदिारका बोत्तल लिएको छैन। नत सरकारी निकायले कुनै पहल गरेको छ ।

तपाईको प्रतिक्रिया