Advertisement
SKIP THIS
आफु हरुलाई असफल पार्न सुनियोजित रुपमा गरिएको षड्यंत्र हो ,उम्मेद्धार खड्का

निराकण खबर अछाम:अछाम जिल्लामा हाल सामाजिक सञ्जालमा बिभीन्न जात,जाती समुदायलाई खलल पुग्ने गरि सार्वजनीक भएको सामाग्री प्रति सत्ता गठबन्धनका उम्मेदारले आपत्ती जनाएका छन ।

शुक्रबार साँझ अछामको साँफेबगरमा पत्रकार सम्मेलन गरि उम्मेद्धारहरुले बर्षौ देखि आपसी भाईचाराका साथ मिलेर बसेको समाजलाई बिभाजित गरी निश्चीत स्वार्थको लागी राजनिती गर्न खोज्ने तत्वले अछामी गिती शैलीमा विभिन्न जात,जाती समुदायलाई खलल पुग्ने गरि सामाग्री सार्वजनिक गरेको बताएका छन ।
पत्रकार सम्मेलनमा बोल्दै सत्तागठबन्धका तर्फबाट अछाम १ क का उम्मेद्धार नेपाली काँग्रेस सुदूरपश्चीमका महामन्त्री मेघराज खड्काले सत्तागठबन्धनलाई कुनै आरोप लगाउने ठाउँ नभेटाए पछीे यस्तो अपाच्य काम गरेको बताए ।

आफुहरुको ४ दशक बढी समय समाजमा रहेको अन्याय, अत्याचार उत्पीडन र जातिय भेदभावका बिरुद्ध लडेर बितेको बताउदै उम्मेद्धार खड्काले यस्ता सामाजिक अपराधीबाट सबै सजक हुनुपर्ने बताए ।झट्ट हेर्दा आफुहरुलाई सहानुभुति जस्तो गरेर अन्य समुदायलाई भड्काउन खोजीएको बताए ।
निवार्चनमा आफुहरुलाई असफल पार्न सुनियोजित रुपमा षड्यंत्र भएको बताउदै,सबै जाति समुदायको बारेका जानकारी भएको ब्याक्तीको काम भएको बताए ।
आफु सबै बर्ग समुदायको लागी समान भएको बताउदै उम्मेद्धार खड्काले निवार्चनको मुखमा सदिऔ देखि मिलेर बसेको समाजलाई भड्काएर राजनितीक फाईदा लिनेहरुको काम भएको बताए ।यस्ता गतिबिधी गर्नेलाई कानुनी दायरामा ल्याई हदै सम्मको कारवाहि गर्न निवार्चन आयोग, प्रशासनलाई आग्रह गरिएको बताए ।

तपाईको प्रतिक्रिया