Advertisement
SKIP THIS
हार्ने भएपछि समाजलाई भड्काउन खोजियो,मन्त्री कुँवर

निराकरण खबर अछाम:अछाम जिल्लामा हाल सामाजिक सञ्जालमा बिभीन्न जात,जाती समुदायलाई खलल पुग्ने गरि सार्वजनीक भएको सामाग्री प्रति सत्ता गठबन्धनका उम्मेदारले आपत्ती जनाएका छन ।

शुक्रबार साँझ अछामको साँफेबगरमा पत्रकार सम्मेलन गरि उम्मेद्धारहरुले बर्षौ देखि आपसी भाईचाराका साथ मिलेर बसेको समाजलाई बिभाजित गरी निश्चीत स्वार्थको लागी राजनिती गर्न खोज्ने तत्वले अछामी गिती शैलीमा विभिन्न जात,जाती समुदायलाई खलल पुग्ने गरि सामाग्री सार्वजनिक गरेको बताएका छन ।

पत्रकार सम्मेलनमा बोल्दै सत्तागठबन्धका तर्फबाट अछाम १ का उम्मेद्धार मन्त्री शेर बहादुर कुँवरले गठबन्धन प्रति जनताको आर्कषण बढ्दै गएकाले यस्तो अपाच्य हर्कत गरिएको बताए । यस्ता गतिबिधी गर्नेलाई कानुनी दायरामा ल्याई हदै सम्मको कारवाहि गर्न निवार्चन आयोग, प्रशासनलाई आग्रह गरिएको बताए ।

तपाईको प्रतिक्रिया