Advertisement
SKIP THIS
अछाममा प्रतिबन्धीत प्लास्टिकका फुल माला बजार भरि, हराए सयपत्री फुल

निराकरण खबर अछाम:केहि बर्ष पहिले तिहारको बेला अछामका बजारमा फाट्ट फुट्ट देखिने प्लाष्टीक कपडाका मालाहरु हरु भने यस पटक उल्लेखिय मात्रैमा देखिएका छन । सरकारले प्लाष्टीकका फुल माला बिक्री बितरणमा प्रतिबन्ध गरेपनि जिल्लामा निवार्ध रुपमा बिक्री बितरण भईरेको छ ।

प्रतिबन्धीत प्लाष्टीकका फुल माला निवार्ध रुपमा बिक्री बितरण हुदाँ समेत स्थानिय प्रशासन मौन बसेको छ । ब्यापारिहरुले जिल्ला सदरमुकाम मंगलसेन, प्रमुख ब्यापारिक केन्द्र साँफेबगर लगायतका बजारमा प्रतिबन्धीत प्लाष्टीकका फुल माला सजायरै राखेका छन ।

तर खेत ,आली र घर आगनमा ढकमक्क फुल्ने सयपत्री फुल भने लोप हुदै गएका छन । पछिल्लो समय भारतबाट आयातित प्लाष्टीक र कपडाका फुल मालाहरुले बजार ओगटेपछि अहिले गाउँघरमा समेत सयपत्री फुल सहित अन्य फुल लगाउनै छोडिएको छ। अछाममा ब्यावसायीक रुपमै फुल नलागाए पनि केहि बर्ष पहिलेसम्म खेत ,आली र घर आगनमा सयपत्री फुल ढकमक्क फुल्ने गरेका थिए ।

यता जिल्ला प्रहरी कार्यालय अछामले भने वाताबरण बिभागले प्रतिबन्ध गरेपनि बिभागको सयन्त्र जिल्लामा नभएको प्रहरीलाई समेत कुनै अधिकार नभएकाले केहि गर्न नसकिएको बताए ।

तपाईको प्रतिक्रिया