Advertisement
SKIP THIS
नेपाल टेलिकम अछामको चरम लापरबाही ,३ सातामा समेत मर्मत गरेनन् अबरुद्ध सेवा

तपेन्द्र धामि अछाम:पछिल्लो समयमा नेपाल टेलिकमको लापरबाही बढ्दै गएको छ। बिधुत्त जाने बितिकै टेलिफोनको सेवा अबरुद्ध हुने अछाममा हाल सेवा ३ साता देखि अबरुद्ध भएको छ।

टेलिकमको साँफेबगर नगरपालिका ५ नवाठानामा रहेको टावरले ३ साता देखि काम गर्न छोडेको छ। असोजको अन्तिम साता परेको अबिरल बर्षाले टावर सम्म लिईएको बिधुतका पोल भत्काउदा हालसम्म समेत मर्मत गरेको छैन।

नेपाल बिधुत प्राधिकरणले बितरण केन्द्र अछामले भने मर्मत गर्ने काम टेलिकमकै भएको , उसले नितान्त एकलौटी प्रयोजनका लागि बनाईएको हुदाँ मर्मत सम्भार समेत उसैको भएको बताएको छ।

सेवा अबरुद्ध भएको बारेमा पटकपटक जानकारी गराउदाँ समेत अहिलेसम्म टेलिकमले कुनै वास्ता नगरेको स्थानीयहरुले बताए । टेलिकमले अबरुद्ध सेवा सञ्चालन नगर्दा त्यस क्षेत्रका हजारौं सेवाग्राहिले सास्ति खेप्नुपरेको छ ।

तपाईको प्रतिक्रिया