Advertisement
SKIP THIS
सत्ता गठबन्धन नेपाली संयुक्त चुनावी रणनीति बैठक चौरपाटीमा सम्पन्न

अछाम:सत्ता गठबन्धनको संयुक्त चुनावी रणनीति बैठक चौरपाटीमा सम्पन्न भएको छ । नेपाली कांग्रेस चौरपाटी गाउँ कार्य समितिका सभापति धर्म साउदको अध्यक्षतामा भएको चुनावी रणनीति कार्यक्रम प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का प्रतिनिधि सभाका उम्मेद्बार शेरबहादुर कुँवर रहेका थिए।

मन्त्री कुँवरले अहिलेको गठनको कुनै व्यक्तिले नभई केन्द्रले बनाएको कारण चुनावी अभियानमा एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए।उनले गठबन्धनका विरुद्ध जाने नेता कार्यकर्ता सच्चा पार्टीको नेता बन्न नसक्ने बताए ।

बिशिष्ठ अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्व सूचना तथा संचारमन्त्री राज्यमन्त्री गोविन्द बहादुर शाहले निर्वाचनमा पार्टीको चुनाव चिन्ह हेर्ने नभई केन्द्रका नेताले गरेको निर्णय पार्टीका नेता कार्यकर्ताले शिरोधार्य गर्नुपर्नेमा जोड दिए।

नेपाली काग्रेसका प्रदेशका महामन्त्री अछाम १ प्रदेश ‘क’ का उम्मेदवार मेघराज खड्काले साझा उम्मेदवार बन्दा कुनै नै कुनै क्षेत्रबाट छोड्नु पर्ने भएका कारण साझा विचारका साथ जानुपर्नेमा जोड दिए। उनले आफूलाई निर्वाचित गराएमा समग्र अछामको विकासको लागि आवाज उठाउने धारणा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया