Advertisement
SKIP THIS
निर्वाचन आयोगको आचारसंहिता लत्याउदै प्रधानाध्यापक तिलक कुँवर चुनावी प्रचारप्रसारमा

निराकरण खबर अछाम:निर्वाचन आयोगको आचारसंहितालाई लत्याउदै अछाममा बिधालयका प्रधानाध्यापक नै चुनावी प्रचारप्रसारमा लागेका छन् ।

अछामको साँफेबगर नगरपालिका वडा नं १३ बाब्लामा रहेको राष्ट्रिय माध्यमिक विधालयका प्रधानाध्यापक तिलक कुँवर एमाले अछाम १ ‘क’ का उम्मेदवार देव बहादुर कुँवरलाई भोट माग्दै हिडेका छन।

प्रधानाध्यापक कुँवर उम्मेदवारलाई भोट माग्न घरदैलो अभियानमा बेस्त देखिन्छन् । प्रधानाध्यापक कुँवर बिधायलको शैक्षिक गुणस्तर भन्दा पनि पार्टीको कार्यक्रम बढी लाग्ने गरेको उनी माथि आरोप लाग्ने गरेको छ।

निर्वाचन आचारसंहिता, २०७९ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सीमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारणहरुबारे स्पष्ट व्यवस्था गरिएको छ ।

यस्तै आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न हुन बा प्रचारप्रसार गर्न नहुने र सामाजिक सन्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सन्जाल मार्फत मत माग्न नहुने स्पष्ट व्यवस्था गरेको छ।

प्रधानाध्यापक कुँवरले भने आफुलाई आचारसंहिता बारे कुनै जानकारी नभएको बताए । नेपाल शिक्षक महासंघका उपाध्यक्ष रमेत रहेका उनलेे पुर्व शिक्षकहरू उम्मेदवार भएको खण्डमा नेपाल शिक्षक महासंघले नै जिताउन निर्देशन दिएको बताए ।

तपाईको प्रतिक्रिया