Advertisement
SKIP THIS
एमालेका अछामका  नेता दिल बहादुर थापा कांग्रेसमा प्रवेश

अछाम :नेकपा एमालेका नेता दिल बहादुर थापा नेपाली काङ्ग्रेसमा प्रवेश भएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाह, प्रदेश सभा सदस्य पदका उम्मेदवार मानबहादुर रावल ,प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार मोतिकला चलाउनेले काङ्ग्रेस पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाहले थापालाई काङ्ग्रेस पार्टीमा उचित सम्मान हुने बताए । काङ्ग्रेसले उहाँलाई कहिले पनि काखा र पाखाको व्यवहार नगरी सबै कार्यकर्ता सरह सम्झिदै उचित जिम्मेवारी दिने बताए ।

त्यस्तै शाहले काङ्ग्रेस पार्टी जहिले पनि लोकतन्त्र माथी बढी बिश्वास गर्ने भएकोले लाेकतन्त्र र संविधान गर्नका लागी आसन्न मंसिर ४ को प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाइ बिश्वासका साथ बिजयी गराउनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया