अछाम : डोटीमा गयराति देखि अबरुद्ध केआई सिहं राजमार्ग सञ्चालनमा आएको छ।
जिल्लाको शिखर नगरपालिका–६ लुवाखोडीका अमर मल्ल मृत भेटिए पछि हत्या भएकाे भन्दै आफन्तले गय राति देखि
केआई सिहं राजमार्ग अवरुद्ध गरेका थिए।
उनको शव गत असाेज १६ गते लुवाखोडी पुल मुनी भेटिएको थियो। उक्त घटनाको प्रहरीले अनुसन्धान नगरेको भन्दै स्थानीयले सडक अवरुद्ध हुन।
गय राति देखि राजमार्ग अबरुद्ध हुदाँ डोटी अछाम र बाजुरा आउने जाने यात्रु अलपत्र परेका थिए ।
एक जनालाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक मल्लका अफन्त र प्रहरीबिच सहमति पछि अबरुद्ध सडक सञ्चालनमा आएको छ।










