निराकरण खबर अछाम:नेपाली कांग्रेस युवा नेता तथा महासमिति सदस्य राजन कुँवरले सत्ता गठबन्धन बिरुद्ध बागि उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनले रोजगार तथा श्रम मन्त्री शेर बहादुर कुँवरलाई (समाजवादीका नेता) साझा उम्मेदवार बनाएको छ।
कांग्रेस नेता कुँवरले वारेसनामा मार्फत निर्वाचन अधिकृतको कार्यालय साँफेबगरमा उम्मेदवारी दर्ता गराएका हुन । कुवँरको उम्मेद्धारीमा चक्र कुमार राईजु प्रस्तावक रोशन भाट सर्मथक रहेका छन् ।










