Advertisement
SKIP THIS
झपट बोहरालाई एमाले कार्यकर्ताको कालो झण्डा सहित नाराबाजी

निराकरण खबर अछाम:आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा लागि अछाम १ मा भीम रावलको एकल सिफारिस बिपरित टिकट पाएका नेकपा एमाले अछामका ईन्चार्ज झपट बोहराले मनोनयन दर्ता गराएका छन।

आईतवार निर्वाचन अधिकृतको कार्यलय साँफेबगरमा मनोनयन दर्ता गराएका छन।मनोनयन दर्ता पछि संक्षिप्त कुराकानी गर्दै बोहराले भीम रावलको राष्ट्रियताको अडानलाई आत्मसात गर्दै भीम रावललाई सल्लाह लियर अगाडि बढ्ने बताए ।

ओली बिरुद्ध एमाले कार्यकर्ता नाराबाजी

जिल्लाले एकल सिफारिस गरेका भीम रावलको टिकट खोसेर झपट बोहरालाई दिए पछि मनोनयन गरेर फर्किएका बोहरालाई घेर्दै ओलि बिरुद्ध एमाले कार्यकर्ताको नाराबाजी समेत गरेका छन् । उनिहरुले भिम रावल जिन्दावाद ओली मुर्दाबाद भन्दै बोहरालाई उनी बसेको होटल सम्म पन्छ्याएका थिए ।

तपाईको प्रतिक्रिया