Advertisement
SKIP THIS
भिम रावलले टीकट नपाएपछि एमाले अछाम क्षेत्र नं १ मा राजीनिमा दिनेको लर्को

निराकरण खबर अछाम:नेकपा एमालेका नेता भिम रावलले टीकट नपाएपछि उनको अछाम क्षेत्र नं १ मा एमालेका नेताहरु र कमिटीबाट सामूहिक राजीनामा दिएका छन ।

क्षेत्रिय र जिल्ला कमिटीबाट एकल सिफारिस गरिए पनि अध्यक्ष ओली रावललाई टीकट नदिएपछि नेताहरुले बिभीन्न कमिटीबाट राजीनामा दिएका छन ।यो समाचार तयार पार्द सम्म जिल्ला कमिटी सदस्य ४१, निवाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र न. अछामका सबै पधाधिकारी, साँफेबगर नगर कमिटी तथा वडा कमिटीका नेताहरु गरि ८१ जनाले सामुहिक राजीनामा दिएका हुन ।

सर्वसम्मत रुपमा डा भीम रावलको नाम सिफारिस गर्दा पनि केन्द्रबाट विकल्प खोज्ने निर्णय भएको प्रति खेद प्रकट गर्दै राजीनामा दिइएको साँँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरले बताए ।

नेकपा एमालले अछाम क्षेत्र नं १ का नेता तथा कार्याकर्ताको चाहना अनृरुप भीम रावललाई एकल सिफारिस गरिएको तर केन्द्रले अर्केलाई टिकट दिएका कारण राजीनामा दिनु परेको जिल्ला कमिटी सदस्य दुधकला बिष्टले बताईन ।


तपाईको प्रतिक्रिया