निराकरण खबर अछाम : सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले दशैँको शुभकामना दिएका छन्।
मन्त्री रावलले बडादशैँको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना सहित आपसी सद्भाव एकता , भाईचमरा कायम होस् भनी शुभकामना व्यक्त गरेका हुन्।
शुभकामना सन्देशमा दिदै मन्त्री रावलले सुदूरपश्चिम विभिन्न जातिहरुकै कारण संकृतिमा धनी भएको दशैँ जस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आवद्ध गरी विविधताका बीच एकता, धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा भ्रातृत्व कायम गर्ने बताएका छन ।
चाडपर्वले सम्पूर्ण नेपालीमा उमङ्ग उत्साह र हौसला छाओस् भनी शुभकामना व्यक्त गरेका छन्।










