Advertisement
SKIP THIS
देउडा दवारा अछामको छोटो परिचय

ध्वज बहादुर खड्का:

पर्श्चिम चौखुट्टे डाडा,(पूर्व) कर्णाली कालीका।
दक्षिणमा छ लोडेघाट,उत्तर मालीका।।

मंगलसैन दरबार,अछामको किल्ला।
लेक बेसी मिलेकोछ,सुन्दर अछाम जिल्ला।।

बान्नीगडी बरदादेवी,कोतघर कालीका।
अछामलाई बैकुण्ड हुने,बरदीएउ मालीका।।

बान्नी छन वरदिने देबी,बैधे शिवधाम ।
अछामको चिनारी दिन्छई,गाजरा दशै राम।।

नारीको गलामा स्वाउने,रातो मुगा माल।
विनाईकका पंच देवल,रामारोसन ताल।।

मकमली भन्नुमात्र,चोली हो साटन।
प्रभाराम्रा दयगडा,खप्तड पाटन।।

परिछ कैलाश खोला,ओरी बुढी गंगा।
जिम्राडी मस्टामा संगम,मनै हुन्छ चङगा।।

पूर्वबग्ने प्रभालगाड,पश्चिम तर्मण खोला।
त्रिविनी तिथ हुनेको,बैकुन्ड बास हला।।

लेखक अछामको बान्नीगढी जयगढ गाउँपालिका गाज्राका स्थायी बासिन्दा हुन।

तपाईको प्रतिक्रिया