Advertisement
SKIP THIS
सुदुरपश्चिम प्रदेश स्तरिय खप्तड शैलेश्वरी गोल्डकप आजदेखि डाटीमा सुरु

डोटी:सुदूरपश्चिम प्रदेश स्तरिय खप्तड शैलेश्वरी गोल्डकप २०७९ प्रतियोगिता आजदेखि डाेटीमा शुरु भएको छ । भैरब प्रशाद गण सिलगढी, दिपायल सिलगढी नगरपालिका वडा नम्वर ६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरिय खप्तड शैलेश्वरी गोल्डकप २०७९ प्रतियोगिता एक कार्यक्रमका बिच उद्घघाट्न गरि सुरु भएकाे हो ।

दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजि सिंह खड्का (विजयी) को प्रमुख आथित्यता संचालन गरियकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ,दिपायल सिलगढी नगरपालिका उप प्रमुख कल्पना महर साउद,भैरब प्रसारद गणका गणपति जनमत कार्की,दिपायल सिलगढी नगरपालिकाका निबर्तमान प्रमुख मन्जु मलासी,डोटी उद्योग बाणिज्य संघ अध्यक्ष मोहन कलेल, राष्ट्रिय भलिबलका केन्द्रिय सदस्य राज बहादुर खड्का लगायतको उपस्थितिमा कार्यक्रमको उद्घघाटन गरिएको हो।

सुदूरपश्चिम प्रदेश स्तरिय खप्तड शैलेश्वरी गोल्डकप २०७९ फुटबल प्रतियोगितामा कैलाली, बाजुरा,अछाम, डोटी, डडेल्धुरा, भैरब प्रशाद गण र उद्योग बाणिज्य संघको टिम गरि ७ वटा टिमले सहभागिता जनायका छन् । प्रथम हुने टिमलाई एक लाख,द्धितिय हुनेलाई पचास हजार सहित ट्रफि प्रमाण पत्र प्रदान गरीने साथै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँचसय रुपैयाँ,ट्रफि र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिलाई नगद ५ हजार रुपैयाँ,ट्रफि पुरस्कारको व्यवस्था गरीएको भैरव प्रसाद गणका गणपति जनमत कार्किले जानकारी दिए ।


कार्यक्रममा आउनु भयका व्याक्तिहरु लाइ आयाेजककाे तर्फबाट स्वागत मन्तब्य राख्दै दिपायल सिलगढी नगर पालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासीलेयाे कार्यक्रमले खेलकुद बिकासमा ठुलो सहयोग पुग्ने र जिल्लाको कला,संस्कृतिको पहिचान रितिरिवाज,ब्यापार ब्यवसायमा समेत उल्लेख सहयोग पुग्ने वहाकाे भनाइ रहेको थियो भने, उद्घघाटन कार्यक्रमकाे सञ्चालन पत्रकार रस्मी कुँवरले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया