काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस (वीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ। शुक्रबार एमाले अध्यक्ष ओली निवास वालकोटमा भेटवार्ता भएको हो।
करिब ३ घण्टा लामो भेटवार्तामा उनीहरुबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका विषयमा छलफल भएको बताइएको छ।
मंसिर ४ को निर्वाचनमा एमाले र (वीपी) काँग्रेससँगै निर्वाचनमा जानेबारे व्यापक छलफल भएको पनि बताइएको छ। दुवै पक्षले एक–आपसमा गृहकार्य गरी चाडै टुंगो लगाउने सहमति पनि भएको जानकारी गराइएको छ।










