निराकरण खबर अछाम:अछामको मेल्लेख गाउपालिका वडा न। ७ नन्देगडको महर बस्ती स्थित एक घरमा आगलागि भएको छ । घरमा आगलागि हुदा २ लाख ५२ हजार नगद सहित घरमा रहेका सबै सरसामान जलेर नष्ट भएको छ ।
मेल्लेख गाउपालिका वडा न.७ का वडा अध्यक्ष प्रेम बहादुर महरको घरमा अचानक बिधुत लाईन सट भई आगलागि भएको हो । बिहान ८ बजेट घरका सबै परिवार उहाँका बुबाको श्राद्धे गरिरहेको बेला बन्द रहेको कोठामा विधुत लाइन सर्ट बाट आगलागि भएको थियो ।
आगलागिबाट घरमा रहेको खाद्यान्न ,लुगा कपडा , महत्त्वपूर्ण कागजात जलेर सबै खरानी भएको वडा अध्यक्ष महरले जानकारी दिए ।
आगो स्थानीयले नियन्त्रणमा लिएका थिए । प्रहरी चौकि मेल्लेख बाट खटि गएको टोलिले क्षति को विवरण संकलन गरिरहेको छ ।











