निराकरण खबर अछाम:निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आसन्न निर्वाचनका लागि जिल्ला न्यायाधीश र नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो ।
उनीहरूलाई यही असोज ११ गतेदेखि लागु हुने गरी उक्त पदमा नियुक्त गरिएको आयोगले जनाएको छ ।
“संवत् २०७९ मंसिर ०४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम देहायका माननीय जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मिति २०७९÷०६÷११ गतेदेखि लागु हुने गरी अछाम सहित जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको छ ।
अछाम क्षेत्र नं १ मा श्री शम्भु गौतमलाई निवार्चन अधिकृत र क्षेत्र नं २ को निवार्चन अधिकृतमा माननिय पिताम्बर शर्मालाई मुख्य निवार्चन अधिकृतमा नियुक्त गरिएको आयोगले जनाएको छ ।गौतम विशेष सरकारी वकिलको कार्यालय काठमाण्डौका उपन्यायाधिवक्ता र शर्मा जिल्ला अदालत अछामका जिल्ला न्यायाधीस हुन ।










