Advertisement
SKIP THIS
अछाममा जनमुक्ति सेनाका पूर्व कमाण्डर मृत अवस्थामा फेला परे

निराकरण खबर अछाम :अछाममा जनमुक्ति सेनामा पूर्व कमाण्डर मृत अवस्थामा फेला परेका छन ।

मंगलवार जिल्लाको कमलवजार नगरपालिका वडा नं.–६ बीरपथ किम्तोलाका ४९ वर्षीय जनमुक्ति सेनामा पूर्व कमाण्डर जगत शाही ‘मिलन’ भनिने दीप्तप्रकाश शाहीको शव सोही वडाको स्थानीय बुँदेखोलामा फेला परेका हुन। शाहीका मंगलवार विहान करिव ५ वजे स्थानीय गैरीटाँड बजार जान भनेर घरबाट निस्किएका बुझीएको छ ।

शाहीको शव उनको घरदेखि करिव ३ शय मिटर पर बुँदेखोलामा विहान साढे ११ बजे भेट्टिएको हो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया