Advertisement
SKIP THIS
अछाम पहिरो: कांग्रेस अछामले मृतकका परिवारलाई प्रतिव्यक्ति १० हजार सहयोग गर्दै

अछाम:नेपाली कांग्रेस अछामले शनिबार बिहान  आएको अविरल वर्षाको कारण ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका २३ मृतकका परिवारलाई १० हजारका दरले आर्थिक सहयोग गर्ने भएको छ ।

नेपाली कांग्रेस अछामले मृतकका परिवारलाई आर्थिक सहयोग गर्नका लागि रकम समेत संकलन गरिसकेकाले बाढी पहिरो बाट पीडित भएका ३ वटै स्थानीय तहमा पुगेर संकलित रकम सहयोग गर्ने कांग्रेस अछामका पार्टी सभापति पुष्प बहादुर शाहले बताए ।

कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई खाद्यान्न देखि अन्य आवस्यक सामग्रीको र उनीहरुको सुरक्षित बासस्थानको व्यवस्था मिलाउन समेत सरकारसंग पहल गर्ने बताए ।

साथै उहाँले आज नै  काङ्ग्रेस अछामको प्रतिनिधि मण्डलको टोलिले गृहमन्त्री लाई भेटेर बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन ध्यानाकर्षण गराउने बताए ।

तपाईको प्रतिक्रिया