Advertisement
SKIP THIS
अछाममा भालुको आक्रमणमा परि एक जना घाइते

भवानी ढुंगाना अछाम:अछाममा भालुको आक्रमणमा परि एक जना घाइते भएका छन् ।

सोमबार बेलुका जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर१२ खप्तडका ५८ बर्षिय प्रेम कडायतलाई भालुले आक्रमण गरेको हो ।

उनको कम्मर, दायाँ हातका साथै टाउकोमा गम्भीर चोट लागेको छ । घाइते कडायतको बयालपाटा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि धनगढी रिफर गरिएको अस्पतालले जनाएको छ ।

कडायत खप्तड राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भडेला खोलामा बाख्रा चराएर घर फर्किने क्रममा भालुले आक्रमण गरेको हो ।

तपाईको प्रतिक्रिया