Advertisement
SKIP THIS
अछामको बान्नीगढीमा कुनै जिप दुर्घटना भएको छैन ,अपवाह फैलाउनेलाई कारवाहि गर्छौ , प्रहरी

निराकरण खबर अछाम:आईतबार साझँ अछामको बान्नीगढी जयगढमा जिप दुर्घटना १ जनाको मृत्यु ७ घाइते भएको तस्बिर सहितको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एका एक भाईरल भयो ।

यसबारे निराकरण खबरले खोजी गर्दा अन्य ठाउँको तस्बिरमा राखेर अपवाह फैलाउन खोजेको यो तस्बिर सुरूमा अवस्थि दिनेश फेसबुक अकाउन्टबाट सार्वजनिक भएको त्यसपछि एकाएक भाइरल भएको छ।

हिजो बान्नीगढी जयगढ गाउँपालिकामा कुनै जिप दुर्घटना नभएको अछाम प्रहरीले बताएको छ। अनावश्यक अपवाह फैलाउनेलाई कारवाहि गरिने , अपवाह फैलाउने अवस्थी दिनेश खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक भास्कर चन्दले बताए ।

तपाईको प्रतिक्रिया