Advertisement
SKIP THIS
अछामको पहिरो ग्रस्त क्षेत्रमा मन्त्री कुँवर नेतृत्वको टोलीद्वारा निरिक्षण, राहत समेत वितरण

अछाम:अछामका पहिरो पिडितलाई नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर नेतृत्वको टोलिले राहत उपलब्ध गराएको छ। आईतवार मन्त्री कुँवर सहित सुदुुरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बल बहादुर सोडारी कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराएको हो।

मृतका सात परिवारलाई सरकार तर्फबाट ७ लाख रुपैयाँ र मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृत्यकका परिवारलाई १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोग गरे ।

राहत वितरण अघि श्रम मन्त्री कुँवर र राज्यमन्त्री सोडारी सहित अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनी बाढीबाट प्रभावित चार वटै स्थानको स्थलगत समेत अध्ययन गरेका थिए ।

आज थोरै मात्रामा राहत उपलब्ध गराएको पीडित परिवारको लागि आवस्यक थप राहत भोलिबाट नै उपलब्धता गराउने जानकारी दिए । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई खाद्यान्न देखि अन्य आवस्यक सामग्री केन्द्र सरकारबाट सहयोग गरिने प्रजिअ मरासेनीले जानकारी दिए ।

शनिबार बिहान आएको अविरल वर्षका कारण ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया