Advertisement
SKIP THIS
मेल्लेख गाउँपालिकाले अध्यापन अनुमतिपत्र उतिर्ण भएका शिक्षकका लागि अनुदानकाेट निरन्तरता दिने

लाल बहादुर चदारा: अछामको मेल्लेख गाउँपालिकामा शिक्षक अध्यापन अनुमतिपत्रमा उतिर्ण भएका शिक्षक हरुका लागि गाउँपालिकाले सृजना गरेकाे अनुदान काेटामा निरन्तरता दिने भएकाे छ ।

गाउँपालिका आन्तरिक स्रोतबाट नियुक्ति अनुदान काेटामा रहेका अधिकांश शिक्षक अध्यापन अनुमति पत्र नभएका रहेका थिए । गाउँपालिकाले अनुदान काेटा सृजना गरेपछि लामाे समयसम्म शिक्षण गरिरहेका शिक्षकहरुलाई बिद्यालयले,अनुदान काेटामा रहेर शिक्षण गर्नुपर्ने निर्णय गरेका थिए ।

सरकारले शिक्षकका लागि अध्यापन अनुमतिपत्र अनिवार्य लागु गरेपछि गाउँपालिकाले अध्यापन अनुमतिपत्र पत्र नभएका शिक्षकहरुका लागि साउन १ गतेबाट हटाउने निर्णय गरेकाे थियोे ।

शिक्षक सेवा आयाेगको नतिजा आउदासम्म अनुदान काेटा व्यवस्थापनमा कुरेकाे गाउँपालिकाले, अध्यापन अनुमति पत्रकाे नितजाबाट उतिर्ण भएका शिक्षकहरुलाई गाउपालिकाकाे अनुदान काेटामा रहेका शिक्षकका लागि साेहि बिद्यालयमा निरन्तरता दिने निर्णय गरेकाे र अन्य शिक्षककाे हकमा भने आवश्यकताका आधारमा गाउपालिकाकाे,बिद्यालय अध्यान समितिकाे प्रतिबेदन अनुसार थप कार्यबिधि तयार गरि तुरुन्तै अनुदान काेटामा बिज्ञापन गरिनेमेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउदले बताए ।

अध्यापन अनुमति पत्रकाे नतिजामा सफल भएका र यस अघि कार्यरत सम्बन्धित बिद्यालयका शिक्षकहरुलाई अध्यापन अनुमतिपत्र सहित आफ्नाे शैक्षिक याेग्यताका प्रमाणपत्रहरु गाउँपालिकामा पेश गर्नु पर्ने छ।

तपाईको प्रतिक्रिया