Advertisement
SKIP THIS
अछामका पहिरो पिडितका लागि काठमाडौंमा सहयोग संकलन

निराकरण खबर अछाम: अछाममा पहिरोबाट पीडितहरूका लागि सहयोग रकम संकलन सुरु गरिएको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम सदस्य भक्त बहादुर ठकुल्लाको नेतृत्वमा शनिबारदेखि काठमाडौँमा सहयोग रकम संकलनको काम सुरु गरिएको हो । पहिरोले उठिबास लागेकाहरुको पिडामा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले रकम सङ्कलन गर्न सुरु गरिएको कांग्रेस प्रदेश सदस्य ठकुल्लाले बताए ।

यो प्राकृतिक प्रकोपबाट परेको समस्या सबैको साझा भएकाले यस दुखद घट्नामा आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्नका लागि समेत आग्रह गरेका छन् । अछाम घर भई काठमाडौँमा रहेर विभिन्न पेशामा आबद्ध व्यक्तिहरूबाट शनिबार मात्र झन्डै ४३ हजार रुपैयाँ नगद सङ्कलन भएको सदस्य ठकुल्लाले बताए ।

अबिरल बर्षाका कारण शनिबार बिहान एकै समयमा आएको पहिरोबाट मृत्यु हुनेको संख्या २१ रहेको २जना अझै हराईरहेका छन।

तपाईको प्रतिक्रिया