Advertisement
SKIP THIS
अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या २१ पुग्यो ,२ बेपत्ता

निराकरण खबर अछाम :अविरल बर्षाका कारण अछाममा पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ।

शनिबार बिहान ४ बजे तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौरमा घर माथिबाट आएको पहिरोले घर पुर्दा ८ जनाको मृत्युु भएको छ भने १ बेपत्ता रहेका छन् । तुर्माखाँद गाउँपालिका ५ बस्ने  १७ बर्षीय जानकी शाहि १७ बर्षिय बिमला शाही, ४५ बर्षीय नेत्र शाही, ३६ बर्षीय मनिषा शाही, १७ बर्षीय कल्पना शाही, १ बर्षीय मेनिका शाही, ३ बर्षीय कल्पना शाही, २१ बर्षीय भावना शाही रहेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

यस्तै जिल्लाको कमलबजार नगरपालिका ६ ठाठिखादमा घर माथिबाट आएको पहिरोले घर पुरिदा एकै परिवारका ७ जनाको मृत्युु भएको छ भने ७ जना घाइते भएका छन। मृत्यु हुनेमा एकै घरका २२ बर्षकि सञ्जिता जनाला,११ बर्षिय सृजना कामी,१५ बर्षकि गिता कामी,१९ बर्षकि सरिता जनाला,१० बर्षिय इश्वर जनाला,३४ बर्षिय मैनाकला कामी,र १९ बर्षिय धना जनाला रहेका छन।

सोही नगरपालिकाको वडा नं ८  ढाकुमा समेत पहिरो घर माथिबाट आएको पहिरोले घर पुरिदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २६ बर्षमा गम्भीरे दमाई,२३ बर्षकि भावना दमाई,६ बर्षकी सरस्वती दमाई,४ बर्षकि कल्पना दमाई र ३ बर्षका कालू दमाई रहेका छन।

शनिबार बिहान आएको पहिरोले घर पुर्दा ढकारी गाउँपालीका ६ सिमानेमा २ बर्षिय नबिना बुढाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता छन।

तपाईको प्रतिक्रिया