Advertisement
SKIP THIS
अछामका विभिन्न ठाउँमा पहिरो परि १७ जनाको मृत्यु, ६ बेपत्ता (नामावली सहित)

निराकरण खबर अछाम :अविरल बर्षाका कारण अछाममा पहिरोमा परेर १७ जनाको मृत्यु भएको छ।

शनिबार बिहान ४ बजे तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौरमा घर माथिबाट आएको पहिरोले घर पुर्दा ४ जनाको मृत्युु भएको छ भने ५ बेपत्ता भएका छन् । मृत्यु हुनेमा १६ बर्षिय जानकि शाहि,२१ बर्षिय भावना शाहि,४५ बर्षिय नेत्र बहादुर शाहि,३६ बर्षिय मनिशा शाहि,

यस्तै जिल्लाको कमलबजार नगरपालिका ६ ठाठिखादमा घर माथिबाट आएको पहिरोले घर पुरिदा एकै परिवारका ७ जनाको मृत्युु भएको छ भने ७ जना घाइते भएका छन। मृत्यु हुनेमा एकै घरका २२ बर्षकि सञ्जिता जनाला,११ बर्षिय सृजना कामी,१५ बर्षकि गिता कामी,१९ बर्षकि सरिता जनाला,१० बर्षिय इश्वर जनाला,३४ बर्षिय मैनाकला कामी,र १९ बर्षिय धना जनाला रहेका छन।

सोही नगरपालिकाको वडा नं ८ ढाकुमा समेत पहिरो घर माथिबाट आएको पहिरोले घर पुरिदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २६ बर्षमा गम्भीरे दमाई,२३ बर्षकि भावना दमाई,६ बर्षकी सरस्वती दमाई,४ बर्षकि कल्पना दमाई र ३ बर्षका कालू दमाई रहेका छन।

शनिबार बिहान आएको पहिरोले घर पुर्दा ढकारी गाउँपालीका ६ सिमानेमा २ बर्षिय नबिना बुढा को मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन।

तपाईको प्रतिक्रिया