निराकरण खबर अछाम:अविरल बर्षाका कारण अछाममा पहिरोले घर पुर्दा ९ जना बेपत्ता भएका छन् ।
जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौरमा शनिबार बिहान ४ बजे घर माथिबाट आएको पहिरोले ३ घर पुरिदा एकै परिवारका ९ जना बेपत्ता भएका छन् ।
पहिरो भित्र केहि शव देखिएको स्थानीयले बताएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी नारायण डागिले बताए । ४ दिन देखि निरन्तर आएको बर्षाले गर्दा सबैबाटो हरु अबरुद्ध भएका कारण प्रहरी घटना स्थल पुग्न नसकेको डिएसपी डागिले बताए ।थप विबरण आउदै
यस्तै जिल्लाको कमलबजार नगरपालिकामा समेत पहिरोले घर पुरिदाँ ४ जनाको ज्यान गएको छ ।
अबिरल बर्षाका कारण बस्तीमाथि बाट पहिरो खस्दा वडा नं. ६ ठाँटीखाँदमा ४ जनाको शब फेला परेको छ भने ७ जना घाईते भएका छन् ।
यस्तै जिल्लाको ढकारी गाउँपालिका वार्ड न.६ सिमानेमा स्थानीय हर्क ब बुढाको घर पहिरोले भत्किदा १ जनाको मृत्यु २ जना घाइते छन।