Advertisement
SKIP THIS
अछाममा पहिरोले घर पुरिदा एकै घरका ९ जना बेपत्ता

निराकरण खबर अछाम:अविरल बर्षाका कारण अछाममा पहिरोले घर पुर्दा ९ जना बेपत्ता भएका छन् ।

जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौरमा शनिबार बिहान ४ बजे घर माथिबाट आएको पहिरोले २ घर पुरिदा एकै परिवारका ९ जना बेपत्ता भएका छन् ।

पहिरो भित्र केहि शव देखिएको स्थानीयले बताएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी नारायण डागिले बताए । ४ दिन देखि निरन्तर आएको बर्षाले गर्दा सबैबाटो हरु अबरुद्ध भएका कारण प्रहरी घटना स्थल पुग्न नसकेको डिएसपी डागिले बताए ।थप विबरण आउदै

तपाईको प्रतिक्रिया