Advertisement
SKIP THIS
महेन्द्र माध्यमिक बिधालय बयालपाटामा बाल दिवस मनाईयो

निराकरण खबर अछाम:बालमैत्रि समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुल नाराका साथ ५८ औं अन्तर्राष्ट्रिय बाल दिवस अछामको सबैभन्दा जेठो बिधालय महेन्द्र माध्यमिक बिधालय बयालपाटामा सम्पन्न भएको छ।

बाल दिवसको अवसरमा महेन्द्र माध्यमिक बिधालयमा बिधार्थीहरु बिच हाजिरी जवाफ , निबन्ध प्रतियोगिता ,बक्तित्व कला, चित्रकलामा प्रतिस्पर्धा गराईएको थियोे ।यस्तै बाल दिवसको अवसरमै कराते, नृत्य , नाटक प्रदर्शन गरिएको थियोे ।

महेन्द्र माध्यमिक बिधालयको बाल क्लबको आयोजनामा कार्यक्रम गरिएको बिधालयका प्राधनाध्यापक कालु सिंह बोहराले बताए। बजार परिक्रमा सहित बिधार्थीले बाल अधिकार सम्वन्धि र्यारी निकालेका थिए ।

तपाईको प्रतिक्रिया