Advertisement
SKIP THIS
बाजुरामा भालुको आक्रमणमा एक जना गम्भीर घाइते

बाजुरा:बाजुरामा भालुकाे आक्रमणमा परि एक जना गम्भीर घाईते भएका छन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ९ का ५९ बर्षिया पुरन सेराला भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन ।

मंगलबार दिउसाे गाँउ नजिकै रहेको सिम धारा भन्ने ठाँउमा उनलाई भालुृले आक्रमण गरेको हो । उनि गाइ गोरु चराउन गाँउको नजिकै रहेको सामान्य झाडीमा गएका थिए ।

भालुको आक्रमणमा परी शक्त घाइते भएका सेुरालाको टाउको, पेट, खुट्टा र हातको पाखुरामा भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ
घाइते सेरालाको अहिले बयालपाटा अस्पतालमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया