Advertisement
SKIP THIS
छाउगोठ पुनः निर्माण हुनथालेपछि वडा स्तरीय निगरानी समिति गठन

निराकरण खबर अछाम:छाउगोठ पुनः निर्माण हुनथालेपछि वडा स्तरीय निगरानी समिति गठन

अछामको साँफेबगर नगरपालिका वडा नं ९ बुढाकोटमा भत्काईएका छाउगोठ पुनः निर्माण हुन थालेपछि वडा स्तरीय निगरानी समिति गठन गरिएको छ।

केही बर्ष पहिले बुढाकोटमा घरघरमा रहेका छाउगोठहरु
अभियानकै रुपमा अगाडि बढाएर भत्काईएको थियोे ।

हाल आयर छाउगोठ पुनः निर्माण हुने महिलाहरु पुनः छाउगोठमै बस्न थालेपछि समविकास नेपालको सहयोगमा मंगलबार वडा अध्यक्ष दिपक कुँवर संयोजकत्वमा २१ सदस्यीय छाउगोठ निगरानी समिति गठन गरिएको छ।

पुनः छाउगोठमा बसिरहेका महिलाहरूलाई फेरि घर फर्काउने अभियानका निगरानी समिति गठन गरिएको वडा अध्यक्ष दिपक कुँवरले बताए ।

तपाईको प्रतिक्रिया