Advertisement
SKIP THIS
अछाममा खरिद गरेको २ दिनमै चोरी भयो मोटरसाइकल

अछाम : तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ रानिबनको पल्सर मोटरसाइकल चोरी भएको छ । दुई दिन अघि खरिद गरेको अस्थाई नम्बर ९१२९ भएको २२० सिसि क्षमताको मोटरसाईकल चोरी भएको हो ।

शनिबार राती देखि मोटरसाईकल हराएको स्थानिय तपेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार मोटरसाईकलको बिबरण सहित प्रहरीलाई जानकारी गराईएको छ । प्रहरीले खोजी कार्य सुरु गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया