Advertisement
SKIP THIS
खोक्रो राष्ट्रवादले १० बर्षमा अछामी जनताले के पाए ?केन्द्रीय सदस्य डा.रावल

निराकरण खबर अछाम:नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका डा. रण बहादुर रावलले राष्ट्रवादको खोक्रो भाषणले अछामको बिकास नहुने बताएका छन् । बिहिवार अछामको साँफेबगरमा जनताको साथमा कांग्रेस अभियान समापन कार्यक्रम प्रमुख अथितीको आसनबाट बोल्दै नेता रावलले १० बर्षबाट अछामको मत पायर राष्ट्रिय राजनीतिमा निरन्तरता सहभागी भई मन्त्री जस्तो पदमा पुगेका नेताले अछामको लागि के गरे भनी प्रश्न गरे।

राष्ट्रिय गौरवको सेती राजमार्ग, चिसापानी जंगलधाट मंगलसेन सडक, बुढिगंगा जलविद्युत आयोजनाले गति लिन नसकेको बताए ।अछामि जनाताको मत लियर जनताको मतको कुनै कदर नगरेको , बरु आफ्ना नातागोतालाई पोस्ने काम मात्रै गरेकाले अब मंसिर ४ गते अछामि जनताले त्यस्तालाई सवत सिकाउनु पर्ने बताए ।

सुदूरपश्चिम सरकारमा अछामबाट प्रतिनिधित्व गर्ने सांसदहरु संख्यामा धेरै भएका तर अछामको विकास र समृद्धिमा कुनै काम नगरेको बताए ।

केपि ओलिका कारण देश सिक्किमि करण हुने बाटोमा गएको ,नेपाली जनताले ५ बर्षका लागि तत्कालीन नेकपालाई देशको बागडोर सम्हाल्न जिम्मा दिएको तर ३ बर्षमै संसद हत्या गरेको भन्दै, त्यस्ता बिधोङ्सकारी कुन अनुहार लिएर जनता माझ आउन सकेको भन्दै प्रति पश्न गरे।

देशको बिकासको लागि अब जनताले नेपाली कांग्रेसको साथ खोजेको भन्दै आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा जनताले नेपाली कांग्रेसलाई मत हाल्ने बताए। पार्टी भित्र समस्या भएको बताउदै केन्द्रीय सदस्य रावलले ती समस्या समाधान गर्न पार्टीका भातृ र सुवेच्झुक संघ र संंगठनलाई चुस्त र दुरुस्त पार्न पार्टी पङ्ति लागेको बताए ।

कार्यक्रम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता राखेका जिज्ञासाको उत्तर दिदै नेता रावलले आसन्न निर्वाचन जो जनतामाझ लोकपृय छ, जो जनता माझ भिजेको छ,उसैलाई नेतृत्वले टिकट दिने हुदाँ जनता माझ भिज्न नेताहरूलाई आग्रह गरे।

कार्यक्रम उपस्थित कार्यकर्ताले नेपाली कांग्रेसको प्रतिस्पर्धा अरु दल सँगै नभई कांग्रेस सँगै भएको पार्टी भीत्रका उम्मेदवारलाई हराउन लाग्ने परिपाटी बसेको गुनासो गरेका थिए। कार्यकर्ताको गुनासोलाई सम्बोधन गर्दै नेता रावलले आफुले टिकट पाए मात्रै लाग्ने नपाए , पार्टीका उम्मेदवारलाई हराउन लाग्नेहरुलाई कारवाहि गरिने र गरिएको बताए ।

जनताको साथमा कांग्रेस अभियान समापन कार्यक्रम बिशिस्ट अथिति नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति पुष्प शाह, पुर्व सभापति नैन सिह कडायत रहेका थिए । कार्यक्रम नेपाली कांग्रेसका महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि,प्रदेश सभापति, पालिका सभापति वडा सभापति लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो। यस्तै क्षेत्र नं १ का सभापति कृष्ण बहादुर बुढाको अध्यक्ष्ातामा कार्यक्रम सम्पन्न भएको थियो ।भने कार्यक्रम सञ्चालन क्षेत्रिय सचिव भिम कुँवरले गरेका थिए ।

तपाईको प्रतिक्रिया