Advertisement
SKIP THIS
पुर्विचाैकि गाउँपालिका २ काे वगलेकमा पढाई यात्रा

बिक्रम खड्का डोटी :डोटीको पुर्विचाैकि गाउँपालिका वडा नम्वर २ वगलेककाे भारताेलि माविमा पढाइ यात्रा सप्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा सामुदायिक विकास केन्द्र डोटीबाट संचालित समाबेशि तथा गुस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत उक्त पढाइ यात्रा सम्पन्न भएको हाे ।

साेमबार गाउँपालिकाको वडा नम्बर २ वगलेकमा रहेका भारताेलि माध्यमिक बिद्यालय,वाराहिदेवी आधारभूत विद्यालय,कालिका आधारभुत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुको पढाइ यात्रामा सहभागीता रहेको वाराहीदेवी आधारभुत विद्यालयका शिक्षक गणेश खड्काले जानकारी दिए।बिद्यालयमा यस्ता कार्यक्रमले विद्यार्थीहरुको हौसला संगै पढ्ने बानिको विकासमा सहयोग पुग्ने शिक्षक खड्काले जानकारी दिए।

पढाइ यात्राले विद्यार्थीमा बोल्ने शब्दको बिकास भएको छ। अतिरिक्त क्रियाकलापमा सहभागीता हुँदा आत्मबलको समेत बिकास हुने गर्दछ । बालबालिकाको पढाइ प्रति थप अविभावक लाई जिम्मेवार बनाएर पढाइका महत्वका बारेमा जानकारी गराउन सहयोग पुगेको छ। पढाइ बानिको विकास एवं पढाई संस्कृती निर्माणका लागि पढाई यात्राले सहयोग पुग्ने सामुदायिक बिकास केन्द्र समाबेसी तथा गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गतका फिल्ड अधिकृत जित बहादुर वि.क ले बताए ।

भारताेलि माध्यमिक बिद्यालय,वाराहिदेवी आधारभूत विद्यालय,कालिका आधारभुत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई आन्तरिक पढाई प्रतिस्पर्धा गरेर प्रथम, दि्तिय र तृतीय र सान्त्वना हुने विध्यार्थी हरु लाई पुरुस्कार स्वरुप शैक्षिकसामग्री वितरण गरेकाे कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वडानम्वर २ वगलेकका वडा अध्यक्ष याेगेन्द्र ठकुल्लाले बताए ।

तपाईको प्रतिक्रिया