Advertisement
SKIP THIS
साँफेबगरमा गणेश मेला लाग्ने,मेलामा न्याउले खेलको समेत आयोजना

भगवती कुँवर साफेबगर:भदौ २४ गते भाद्र शुक्ल चतुर्दशीका दिन साँफेबगरमा गणेश मेला लाग्ने भएको छ । स्थानीय परम्परा अनुसार बिगत वर्षदेखि मनाउदै आएको गणेश मेला यस बर्ष समेत आयोजना गरिएको एयरपोर्ट बजार ब्यावस्थापन समितीका अध्यक्ष राम बहादुर कुवरले जानकारी दिए ।

साँफेबगरमा रहेको गणेश मन्दिरमा भाद्र चतुरर्थीको दिनदेखि गणेश मुर्तिको स्थापना गरी नियमीत रुपमा पुजा आरधना भईरहेको अध्यक्ष कुवरले बताए । गणेश मेलाको अवसरमा स्थानीय संस्कृतीको जर्गेना गर्ने उद्देश्यले देउडा खेलको समेत आयोजना गरिने उनले बताए ।

भदौ २४ गते भाद्र शुक्ल चतुर्दशीका दिन मध्यान्न १२ बजेदेखि न्याउले खेल सुरु हुने र साझँ ६ बजे गणेशको मुर्ति बिर्सजन अध्यक्ष कुँवरले बताए ।

तपाईको प्रतिक्रिया