Advertisement
SKIP THIS
साफेबगरमा ११ महिना देखि हटाउन नसकेको बिद्युतको पोल

निराकरण खबर अछाम अछामको प्रमुख ब्यापारिक केन्द्र साफेबगरमा ११ महिना देखि बिधुतको पोल सार्न नसक्दा दुर्घटनाको जोखिम बढेको छ । सडक डिभीजन कार्यालय साफेबगरले छिपेखोला बजार क्षेत्रमा सडकलाई चौडाई बनाउदाँ ब्यास्थापन गर्नुपर्ने बिद्युतको पोल ब्यास्थापन नहुदाँ दुर्घटनाको जोखिम बढेको हो ।

बिद्युतको पोल तलबाट खहेर बग्दा पोल नै खसेर सडक सहित बजार क्षेत्रमा रहेका पसलमा खस्ने सम्भावना बढेको छ । बजार क्षेत्र सडक बिस्तार गर्दा बिद्युतको पोल ब्यास्थापन गर्न लाग्ने रकम सडक डिभीजन कार्यालय साफेबगरले गत भदौ महिनामा बिद्युतको खातामा ४ लाख जम्मा गरे पनि हालसम्म समेत पोल ब्यास्थापन गर्न सकेको छैन ।

बर्षाको समयमा सो बिद्युतको पोल रहेको ठाउँमा पहिरोको झन जोखिम बढेको पोललाई समयमै ब्यावस्थापन गर्न नसेके गम्भीर घटना घट्न सक्ने स्थानिय उमेश कुँवरले बताए ।

सडकलाई चौडाई बनाउदाँ ब्यावस्थापन गर्ने अधिकांस पोलको ब्यावस्थापन गरि सकीएको तर पहिरोको जोखिममा रहेको पोल ब्यावस्थापन गर्न जग्गा धनीले जग्गा नदिएकाका कारण नसकिएको नेपाल बिद्युत बितरण केन्द्र अछामका प्रमुख जयानन्द्र बोगटीले बताए ।

तपाईको प्रतिक्रिया