Advertisement
SKIP THIS
निमार्ण भएको २ बर्षमा समेत हस्तान्तरण भएन मेल्लेखको सामुहिक बस्ती

तारामान खड्का अछाम:अछामको मेल्लेख गाउँपालीका रिठागाउँका सुख्खा पहिरो पिडितका लागी बनाईएको सामुहिक बस्ती निमार्ण भएको दुई बर्षमा समेत हस्तान्तरण भएको छैन ।

२०७५ भदौ २३ गते गाउँपालीकाको वडा ७ नन्नेगडाको रिठागाउँ माथीबाट सुख्खा पहिरो गएपछि गाउँनै पहिरोको जोखिमा परेपछि सुदूरपश्चीम सरकार र गाउँपालीले आर्थीक बर्ष २०७६÷७७ मा ५० लाख र २०७७÷७८ मा ६० लाख गरि कुल १ करोड १० लाखमा १६ घर निमार्ण गरेको थियो ।

१६ परिवारका लागि बनाइएको सामुहिक बस्तीका घर निमार्ण भएपनि बस्तीमा खानेपानी ,बिद्युत जडान अझैसम्म भएको छैन,भने शौचालयहरु समेत पुर्ण रुपमा निमार्ण भएका छैनन्। केहि परिवारले बर्षामा पहिरो खस्ने डरले बस्ती हस्तान्तरण नभएपनि आफुहरु बसेको नन्दा परियारले बताईन ।

केहि परिवारले भने गाउँबाट सामुहिक बस्ती टाढा भएको, खेतिपाती देखि बस्तुभाउँ समेत गाउँमै भएका कारण पहिरोको जोखिम भएपनि गाउमै बसिरहेका छन । रहेको बाँकि काम सकाएर बस्ती समुदायलाई हस्तान्तरण गरिने मेल्लेख गाउँपालीका अध्यक्ष ज्वाल सिंह साउँदले बताए ।

तपाईको प्रतिक्रिया