Advertisement
SKIP THIS
डोटीको लामिखालमा `पढाई जात्रा ´

बिक्रम खड्का डोटी : डोटीको आदर्श गाउपालिकामा -५ लामिखालमा पढाइ जात्रा सम्पन्न भएको छ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा सामुदायिक विकास केन्द्र डोटीबाट संचालित समाबेशि तथा गुस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत उक्त पढाई जात्रा सम्पन्न भएको हाे ।

आइतबार गाउँपालिकाको लामिखालमा रहेको मष्टामाण्डाै माध्यमिक बिद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुको पढाइ जात्रामा सहभागीता रहेको शिक्षक खगेन्द्र रोकायले जानकारी दिए,बिद्यालयमा यस्ता कार्यक्रमले विद्यार्थीहरुको हौसला संगै पढ्ने बानिको विकासमा सहयोग पुग्ने शिक्षक रोकायले बताए ।

पढाइ बानिको विकास एवंम पढाई संस्कृती निर्माणका लागि पढाई जात्रामा सहयोग पुग्ने सामुदायिक बिकास केन्द्र समाबेसी तथा गुणस्तरीय शिक्षा कार्यक्रमका संयोजक दिनेश बमले बताए । उनले भने ,´पढाइ जात्राले विद्यार्थीमा बोल्ने शब्दको बिकास भएको छ। अतिरिक्त क्रियाकलापमा सहभागीता हुँदा आत्मबलको समेत बिकास हुने गर्दछ। बालबालिकाको पढाइ प्रति थप अविभावक लाई जिम्मेवार बनाएर पढाइका महत्वका बारेमा जानकारी गराउन सहयोग पुगेको छ।´

पढाई जात्रा मामष्टामाण्डाै माध्यमिक बिद्यालय लामिखालका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई आन्तरिक पढाई प्रतिस्पर्धा गरेर प्रथम, दि्तिय र तृतीय हुनेलाई पुरुस्कार स्वरुप शैक्षिकसामग्री वितरण गरेकाे फिल्ड अधिकृत मुरारीनाथ जाेशिले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया