Advertisement
SKIP THIS
डोटीमा शिक्षा अवस्था सुधारका लागि २ दिने जिल्ला स्तरीय गाेष्ठी संचालन

निराकरण खबर डोटी:शिक्षा अवस्था सुधारका लागि २ दिने जिल्ला स्तरीय गाेष्ठी दिपायल सिलगढी नगरपालिकाको सभाहलमा आजदेखि संचालन भएकाे छ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा संचालित सामुदायिक विकास केन्द्र डोटीबाट संचालित समाबेशि तथा गुस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन भएकाे हाे ।

कार्यक्रम लागु भएका पालिका दिपायल सिलगढी नगरपालिका,पुर्विचाैकी,आदर्श,र सयल गाउँपालिका समग्र शिक्षाकाे गुणस्तर कस्तो छ बिष्लेषण गरि ४ वटै पालिकाका प्रमुख,उप-प्रमुख र कार्यक्रम लागु भएका बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक संग अन्तरक्रिया गरि समस्याको समाधान गर्ने बिधिहरुबाट छलफलमा शिक्षा बिद बिध्यानाथ काेइरालाले गर्नुभएको थियो , बिद्यालयमा कार्यक्रम गर्दै गर्दा बिभिन्न समस्या र चुनाैती आउँदा याे कार्यक्रमकाे आयाेजना गरेकाे सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जाेशिले जानकारी दिए।

याे अन्तरक्रिया कार्यक्रम औंपचारीक रुपवाट सुरुवात गरियकाेहाे कार्यक्रमकाे सभा अध्यक्षता सामुदायिक बिकास केन्द्रका अध्यक्ष हेमराज जाेशि रहनुभएको थियो भने प्रमुख अतिथिमा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजि सिंह खड्का (बिजयी) विशिष्ट अतिथिमा पुर्विचाैकि गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्याय,आदर्श गाँउपालिका अध्यक्ष गणेश खड्का र सायल गाउँपालिका अध्यक्ष धर्मराज जाेशि हुनुहुन्थ्यो भने ४ वटै पालिकाका शिक्षा इकाई प्रमुख कार्यक्रम लागु भएका बिन्नन बिध्यालयका व्यावस्थापन समिति अध्यक्ष, प्रध्यानाध्यापक समावेश रहेकाे कार्यक्रमकाे सहजिकरण नेपाल पत्रकार महासंघ डाेटी शाखाका अध्यक्ष माेहन शाहिले गर्नुभएको थियो कार्यक्रममा भने सोमबार सम्म चल्ने छ।

तपाईको प्रतिक्रिया