Advertisement
SKIP THIS
अछाम क्षेत्र नं १ बाट भीम रावल एकल सिफारिस

निराकरण खबर अछाम:आसन्न प्रतिनिधि सभाका लागि अछाम क्षेत्र नं १ बाट भीम रावल एकल सिफारिस भएका छन् ।

आईतवार नेकपा एमाले अछामले हालका सांसद पुर्व, उपप्रधानमन्त्री डाक्टर भीमलाई क्षेत्र नं १ बाट एकल सिफारिस गरेको हो।

२०७४ साल भएको निर्वाचनमा तत्कालीन नेकपाको गठबन्धनबाट निर्वाचन लडेका रावलले नेपाली कांग्रेसका भरतकुमार स्वारलाई हराएका थिए। रावलले २४ हजार ८ सय ८३ मत प्राप्त गर्दा स्वाँरले १७ हजार ७ सय १९ मत ल्याएका थिए ।

यसैगरी अछाम २ बाट पनि अघिल्लो पटक निर्वाचित भएका यज्ञबहादुर बोगटीको नाम एकल रूपमा सिफारिस गरिएको छ । बोगटी समेत हालका प्रतिनिधि सभा सांसद हुन।

तपाईको प्रतिक्रिया