बिक्रम खड्का डाेटी,बालवालिकालाई पढाई संगै सरसफाईका क्रियाकलापलाई जोड दिने उदेश्यले हात धुने अभ्यास सुरु भएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा संचालित सामुदायिक विकास केन्द्र डोटीको समाबेसी तथा गुस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत एक कार्यक्रमका विच सहभागी बालबालीकाहरुलाई हातधुने अभ्यास गराईएको हो ।
आदर्श गाउँपालीकाका वडा ४ काे हिन्नेकाडा र पछेरि गाउँ लगायत ४७ वटै पढाइ शिविरमा हातधुने अभ्यास संचालन भैरहेको छ,साथै जिल्लाका ४ वटा पालिका आदर्श,सायल,पुर्विचाैकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका गरि ३० वटा सामुदायीक बिद्यालयमा रहेका आर सि बालबालिकाका लागि हात धुने अभ्यास सम्वन्धि अभियान एकैसाथ चलिरहेको छ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा संचालित सामुदायिक विकास केन्द्र डोटीको समाबेशि तथा गुस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत समाबेश भएका बिभिन्न बिषयका कार्यक्रम मध्ये सरसफाई स्वस्थ र निरोगिताको लागी हात धुने कार्यक्रम ल्याइकाे समाबेशी तथा गुस्तरीय शिक्षा कार्यक्रमका संयाेजक दिनेश बमले जानकारी दिए।
हात धुदा के फाइदा हुन्छ नधुदा के बेफाईदा हुन्छ यसका बारेमा पनि बालबालीकाहरुलाई जानकारी गराई हातदधुने ६ वटा तरीकाको वारेमा समेत सिकाईएको थियो ।
कार्यक्रमले निरोगी बनाउन् र सरुवा राेगजस्ता महामारीबाट बचाउन सहयोग पुग्ने भएकाले कार्यक्रमलाई प्रभावकारी तुल्याउन सबैको सहयोग रहने कार्यक्रममा सहभागी अभिभावक, बालवालिका र पढाई शिबिर सहजकर्ताकाे भनाइ रहेकाे थियाे ।
पढाई शिबिरमा सिकेका कुरा घरमा लागु गर्ने भएकाले बालबालीकाहरुलाई हामिले राम्ररी बुझ्ने गरेर पढाउनु पर्ने हुन्छ,याे कार्यक्रमले बालवालिकालाई पढाई संगै सरसफाईका क्रियाकलापमा जोड दिएकाे छ, हात धुने उचित यि ६ तरिकाले हात धोएर खाना खानुपर्छ ,हात मिची मिची साबुन पानिले धुनपर्छ हात सफा देखिए पनी हातमा रहेको फोहोर र किटाणु नाङ्गो आखाँले नदेखिने र त्यो सावुन पानीले धोएर जाने जस्ता कुरा बालबालीकालाई सिकाउने गर्छु साथै “म स्थानिय भएकाले कक्षा भन्दा अरु समयमा टाेलका बालबालिकाले र घर परिवरले त्याे विधि नअपनायकाे भय सम्झाउने ग्रछु” आदर्श गाँउपालिका वडानम्वर ४ पछेरि गाउँ पढाई सिविरकि सहजकर्ता सुना पछेराले वताईन् ।
याे कार्यक्रम सञ्चालन पछि समुदायमा सरसफाईकाे निकै सुधार आएकाे र हामी समुदायमा फिल्डमा जादा स्थानीय व्यक्तिहरूले सरसफाईका साथै केहि आय आर्जनका थप कार्यक्रम हरुपनि ल्याइदिएकाे भए अझै प्रवाभकारी रहने उहाँकाे भनाइ रहेकाे कार्यक्रमका फिल्ड अफिसर खेम जोशीले बताए ।