Advertisement
SKIP THIS
एमाले अछामद्वारा प्रदेश सभाका लागि उम्मेदवारको नाम सिफारिस

निराकरण खबर अछाम:नेकपा एमाले अछाम क्षेत्र नं १ र २ ले आसन्न प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

क्षेत्र नंम्वर १ को प्रदेश `क´ बाट सिफारिस हुनेमा प्रकाश शाह,देब बहादुर कुँवर ,देब बहादुर साउद र सीता कुँवर रहेका छन् । यस्तै प्रदेश `ख´ बाट प्रत्यक्ष तर्फबाट सिफारिस कृष्ण प्रसाद जैशी,केशर बहादुर साउद,डिबि साउद र पद्मा तिमिल्सिना न्यौपानेलाई सिफारिस गरेको छ।

क्षेत्र नं २ को प्रदेश सभा `क´ ले प्रत्यक्ष तर्फ बमबहादुर बिसि, भिम बिष्ट,कमल रावल ,बल बहादुर कुँवर,नन्द चलाउने,,प्रेम खत्री र शिद्दादेबी शाहीलाई सिफारिस गरेको छ। यस्तै प्रदेश सभा `ख´ बाट प्रत्यक्ष तर्फ चन्द्र बोहरा,शिव प्रसाद उपाध्याय ,भिम रावल(कालोटोपी)दिपक अधिकारी,भिम जनला,कृष्ण साउद,लिला केसी र टोप शाहीलाई सिफारिस गरेको छ।

तपाईको प्रतिक्रिया