Advertisement
SKIP THIS
अछाममै एचए पढ्न १२४ जनाले परीक्षा दिए

टेकराज भण्डारी,अछाम:प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीईभीटीको आंगिक शिक्षालय मंगलसेन बहुप्राविधिक शिक्षालयमा एचए अध्ययनका लागि १२४ जनाले परीक्षा दिएका छन् ।

यसै बर्षदेखि सञ्चालनकाे अनुमति पाएकाे शिक्षालयकाे ४० काेटाका लागि १४७ जनाकाे आवेदन परेकाे थियाे भने र छनाैटका लागि उनीहरुको परीक्षा लगिएकाेमा १२४ जनाले परीक्षा दिएका समन्वय गरिररहेकाे मंगलसेन नगरपालिकाका प्रशाशन प्रमुख बिष्णुप्रसाद जैसीले बताए ।

सिटीईभिटीले चालू आर्थिक बर्ष २०७९/८० का लागि सामान्य चिकित्सा एचए पठनपाठनका लागि स्वीकृति दिँदै ४० जना विद्यार्थीकाे काेटा निर्धारण गरेकाे थियाे ।

जिल्लामै पहिलाे पटक पठनपाठन शुरु भएको सामान्य चिकित्सामा अध्ययनका लागि उत्साहजनक सहभागीता रहेकाे मंगलसेन नगरपालिकाका प्रमुख पदम बाेहराकाे भनाइ छ ।
उनीहरुकाे छनाैटका लागि परीक्षा सञ्चालन गरि कापी जाँचका लागि सिटीईभीटीमा पठाईएकाे र उत्कृष्ट नतिजा ल्याउने ४० जनालाई छनाैट गरिने बताईएकाे छ ।

एसईई उत्तीर्णले आवेदन दिन पाउने भए पनि पढ्ने लक्ष्य भई बाहिर गएर पढ्न नपाएका कक्षा १२ तथा स्नातक पढिरहेका र पढिसकेकाले पनि आवेदन दिएका नगरपालिकाका प्रशाशन प्रमुख जैसीकाे भनाइ छ ।

जिल्लामै एचए अध्ययनकाे अवसर पाएपछि यश क्षेत्रका विद्यार्थी निकै खुसी भएका छन् । हाललाई अछाम बहुमुखी क्याम्पसको ९ कोठे भवनको पूर्वाधार प्रयोगमा ल्याउने र अछाम जिल्ला अस्पताल तथा वयालपाटा अस्पतालका जनशक्ति समेत प्रयोगमा ल्याईने सीटीईभीटी सुदूरपश्चिम प्रदेश निर्देशक डाक्टर अमर घर्तीले बताए।

तपाईको प्रतिक्रिया