Advertisement
SKIP THIS
सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन आजबाट अन्त्य हुने

धनगढीः सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन आजबाट अन्त्य हुने भएको छ। बिहीबार सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको १०औँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो।

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मिति तय भएसँगै प्रदेश सभा सदस्यहरू प्रचार–प्रसारमा केन्द्रित हुने भन्दै सभाको बैठक शुक्रबार अन्त्य गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो।

प्रदेश सभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभाबाट पारित गर्ने र प्रदेश सभाको बैठक अन्त्य गर्ने तयारी गरिएको बताइएको छ। 

तपाईको प्रतिक्रिया