Advertisement
SKIP THIS
डोटीमा गठबन्धन नगर्ने कांग्रेस डोटीको निर्णय

डोटी: डोटीमा नेपाली काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। नेपाली काँग्रेस डोटीका सचिव गणेश खड्काले डोटीमा काँग्रस एक्लैले चुनाव लड्ने निर्णय गरेको पुष्टि गरे। 

उनका अनुसार बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। ‘गठबन्धनको कुनै आवश्यकता र औचित्यता छैन’, उनले भने, ‘डोटीमा हामी एक्लै लड्छौं। आज बैठकले उम्मेदवार बन्न आकांक्षीहरु पनि सिफारिस गरेको छ।’ केन्द्रीय गठबन्धनको निर्णयविपरीत डोटीमा एकल चुनाव लड्ने निर्णय गरिएको हो। केन्द्रीय गठबन्धनले सबै जिल्लाहरुमा गठबन्धन र भागवण्डाका आधारमा निर्वाचनमा जाने निर्णय गरेको थियो। गठबन्धनका ‘हेभिवेट’ नेताको निर्वाचन क्षेत्रका रुपमा परिचित डोटीमा भागवण्डा र टिकटको कुरा नमिल्ने देखिएपछि यस्तो निर्णय गरिएको बताइएको छ।

यहाँबाट गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले र नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिनिधिसभामा टिकटका लागि दाबी गरिरहेका थिए। उनीहरुबीच गठबन्धनमा टिकट लिने किचलो चलिरहेकै बेला काँग्रेस डोटीले एकल रुपमा चुनाव लड्ने घोषणा गरेको छ।

प्रतिनिधिसभातर्फ सिफारिस भएका नेताहरु
वीरबहादुर बलायर
भरत बहादुर खड्का 
यज्ञराज पाठक 
गोरख विष्ट (आनन्द)
धिरेन्द्र शाही

प्रदेश सभातर्फ
‘क’
नरेन्द्र बहादुर सिंह 
जित बहादुर खड्का 
‘ख’
प्रदीप कुमार देउवा 
भूमिराज बडू

तपाईको प्रतिक्रिया