Advertisement
SKIP THIS
नेबिसंघ पञ्चदेवल क्याम्पस इकाईद्वारा कांग्रेस नेता गिरीको सम्झनामा दीप प्रज्वलन

अछाम : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३ औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गरेको छ ।

नेपाल विद्यार्थी सङ्घको केन्द्रिय कार्यसमितीले विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएको थियो ।

जस अन्तर्गत अछाममा पनि स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा आज दीप प्रज्वलन गरिएको छ ।नेबिसंघ पञ्चदेवल क्याम्पस इकाई कार्यसमिति द्धारा दीप प्रज्वलन गरिएको क्याम्पस एकाइ समिति सभापती सुशिल बटालाले जानकारी दिए ।

जिल्ला स्थित सम्पुर्ण नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीतामा दीप प्रज्वलन गरि गिरिको १३ औँ पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा, स्मरण गरिएको नेबिसंघका नेता तपेन्द्र बिष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया