Advertisement
SKIP THIS
दिपायल सिलगढी नगरपालिका र खानेपानी मन्त्रालय विच सम्झौता

निराकरण खबर डोटी :दिपायल सिलगढी नगरपालिका र नेपाल सरकार खानेपानी मन्त्रालय बिच सम्झौता भएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा दिपायल सिलगढी नगरपालिका पूर्वाधार सहयोग आयोजना कार्यान्वयन सम्बन्धमा सम्झौता भएकोसो कार्यक्रममा सहभागी सिलगढी खानेपानी उपभोक्ताका अध्यक्ष जगत बहादुर खड्काले जानकारी दिए।

सम्झौतामा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजि सिंह खड्का (बिजयी) र खानेपानी तथा ढल व्यवस्थापन बिभागका माहानिर्देशक रमाकान्त दुवाडिले हस्ताक्षर गरेका छन ।

उक्त सम्झौताको शाक्षीको दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकार र खानेपानी तथा ढल व्यवस्थापन विभागका उप महानिर्देशक माधव प्रसाद अधिकारी रहेका थिए ।

बिहीबार सिद्धार्थ होटल नेपालगञ्जमा नेपाल सरकार खानेपानी मन्त्रालय र स्थानीय सरकार बिचको खानेपानी क्षेत्रगत सुशासन तथा पुर्वाधार सहयोग आयोजना संचालनको लागि सहभागिता सम्बन्धि सम्झौता तथा अन्तरक्रिया कार्यक्रममा उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतामा आयाेजना कार्यन्वयनका लागि आवश्यक डिपिआर र निर्माण गरेपश्चात रकम बिनियोजन आवस्यकता अनुसार गर्न सकिने जानकारी कार्यक्रममा सहभागीले दिएका छन् ।

तपाईको प्रतिक्रिया