Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछाम क्षेत्र नं १ प्रदेश सभा `ख´द्वारा प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस

निराकरण खबर अछाम:नेपाली कांग्रेस अछाम क्षेत्र नं १ ले प्रदेश सभा `ख´ को बैठक सम्पन्न भएको छ। बिहिबार बसेको बैठकले मंसिर ४ गते हुने आसन्न प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

प्रत्यक्ष तर्फबाट प्रदेश सभाका लागि ८ जना र समानुपातिक तर्फ १२ जनाको नाम क्षेत्रिय सभापतिलाई सिफारिस गरेको छ। प्रदेश सभाका प्रत्यक्ष तर्फबाट उम्मेदवार सिफारिस हुनेमा कालि बहादुर बुढा,दुर्गा प्रशाद तिमिल्सिना, पदम खड्का,पदम शाह,रेवन्त अधिकारी, राजेन्द्र खड्का,शेर ब शाह र हर्क स्वारलाई सिफारिस गरेको छ।

यस्तै समानुपातिक तर्फ अनुराधा स्वार, कनक बहादुर शाह,कमल प्रशाद खनाल,झंकर बहादुर साउद,धर्मराज न्यौपाने , नवराज सावद,पशुपति खड्का,बिमला कार्कि महर,मोती सिह सुनार,रेबन्ति ठकुल्ला साउद,लता देबि खत्रि र शिव तिरुवालाई सिफारिस गरिएको सचिव राम थापाले जानकारी दिए।


तपाईको प्रतिक्रिया